संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् : सभापति देउवा

काठमाडाैं ।नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् भन्नुभएको छ । नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।…

Read More

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

झापा, मेचिनगर नगरपालिका-१३ धाईजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीया अनुजा राजबंशीलाई बुधबार दिउँसो प्रहररीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । ईलाम, चुलाचुली गाउँपालिका-३ पेल्टिमारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५४ मिलिग्राम र नगद १५ हजार ५ सय ४०…

Read More

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

काठमाडौं, काठमाडौं महानगरपालिका-२२ प्युखाँबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

Read More

ब्राउन सुगर सहित ३ जना पक्राउ

झापाको कनकाई नगरपालिका-२ जामुनखाडी सिमसार स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ८ बजे स्थानीय ४० बर्षीय भानु दाहालको घर कोठा भित्र लागुऔषध सेवन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगबाट खटिएको प्रहरी टोलीले घर कोठा चेकजाँच गर्दा लुकाई राखेको अवस्थामा ५ ग्राम…

Read More

सेटिङमा तस्करी मौलायो अख्तियार असन्तुष्ट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सम्बन्धित निकायलाई सीमा क्षेत्रमा हुने तस्करी रोक्न निर्देशन दिए पनि तस्करी नरोकिएपछि अख्तियार असन्तुष्ट बनेको छ ।अख्तियारले केही समयअघि मात्रै अर्थ मन्त्रालयका पदाधिकारी, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, भन्सार विभागका महानिर्देशकलगायतका उच्च सरकारी अधिकारीलाई बोलाएर सीमा र भन्सार नाकामा हुने तस्करी रोक्न विशेष निर्देशन दिएको थियो ।…

Read More

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमंण

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको…

Read More

माग सम्बोधन नभई फोहोर नउठाउने बालेनको स्पष्टोक्ति

काठमाडौंं । काठमाडौंं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारसमक्ष आफूले पटकपटक छलफल गरेर पनि कार्यान्वयन हुन नसकेको समस्याहरूलाई १४ बुँदामा प्रस्तुत गदै त्यसको सुनुवाइ नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पार्नुभएको छ । सोमबार मेयर साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गर्नुभएको अनौपचारिक कुराकानीमा १४ बुँदे मागको सम्बोधन नभएसम्म फोहोर संकलन र ढुवानी नगर्ने अडान…

Read More

गृहमन्त्री श्रेष्ठद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार सशस्त्र प्रहरी बलको हलचोकस्थित प्रधान कार्यालयको निरीक्षण गर्नु भएको छ । मंगलबार दिउँसो निरीक्षण क्रममा त्यहाँ पुग्नु भएका गृहमन्त्री श्रेष्ठले वरिष्ठ अधिकृतसँग छलफल गर्नुभई सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।।गृहमन्त्री श्रेष्ठले गृहमन्त्री श्रेष्ठले त्यसक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, संगठनात्मक संरचना, काम कर्तव्य र जिम्मेवारी…

Read More

रिमोट क्रन्टोल बम विस्फोट हुँदा ४ जनाको मृत्यु

इस्लामवाद । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा परि चार जनाको मृत्यु भएको छ । बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरि गराइएको सो विस्फोटमा परि दर्जनौँ घाइते भएका छन् ।पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार तैनाथीमा रहेको प्रहरी भ्यान नजिकै रहेको मोटरसाइकलमा बम राखिएको र सो बमलाई रिमोट कन्ट्रोलमार्फत विस्फोट गराउँदा चार जनाको…

Read More

संक्रमणकालीन न्याय निष्कर्षमा पुर्याउन कांग्रेस, एमाले र माओवादी केन्द्रबीच सहमति

काठमाडौं । शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन तीन दलबीच सहमति भएको छ । मंगलबार सभामुखको सरकारकारी निवास बालुवाटारमा बसेको बैठकमा तीन दलबीच उक्त सहमति भएको हो । सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको बताइएको छ । सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल…

Read More