तुल्सीपुर न्युज डट कम (www.tulsipurnews.com) माउन्ट बुद्ध मिडिया प्रालिद्वारा सञ्चालित नेपाली समाचार पोर्टल हो। अनलाइनहरूको भीडमा थपिन पुगेको केवल एक अर्को अनलाइन मात्र हैन- तुल्सीपुर न्युज डट कम। यो त विश्वभर छरिएर रहेका सारा नेपालीहरूको सही सूचना र समाचारप्रतिको तिर्खा मेटाउन आएको एक अनलाइन समाचारपत्र हो। नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुने हाम्रो अठोट छ।
छिटो र तात्तातो खबर भन्दा सही, विस्तृत र विश्वसनीय खबर सम्प्रेषण नै अहिलेको समयको सबैभन्दा ठुलो खड्को हो। आम जनताको यही खड्को पूर्तीका लागि नै तुल्सीपुर न्युज डट कमको स्थापना भएको छ। तुल्सीपुर न्युज डट कमले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा यसले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा बिल्कुल आवद्ध छैनौँ। पत्रकारिता राज्यको चौथो अंग हो। प्रजातन्तमा सञ्चार माध्यम पूर्णतः स्वतन्त्र हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। किनकि प्रजातन्त्र र स्वतन्त्र सञ्चार एकको अभावमा अर्को अपूर्ण रहन्छन्। सत्य, तथ्य र समानताको पक्षमा वकालत गर्नका निम्ति यहाँहरू समक्ष अब हामी आएका छौं। यो महाअभियानमा यहाँहरू सबैको साथ, सहयोग, ताली र गालीले हामीलाई हाम्रो दृष्टिकोण र पदमार्गमा थप सजगता ल्याउँनेछ। तुल्सीपुर न्युज सदैब जनताको पक्षमा…