सुनसरीको दुहबी नगरपालिका-१ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज दिउँसो साढे १२ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश नम्बर १-०२-००३ त. २५८१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक सुनसरी हरीनगरा गाउँपालिका-१ का २५ बर्षीय एहसान अनसारीको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न ट्याक्टर र सह-चालक २३ बर्षीय नेवालाल मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु
