भारतले नेपालको बिजुली किन्न बाध्य हुन्छ : निर्देशक घिसिङ

काठमाडौं  ।

भारतले नेपालको विद्युतलाई व्यापारको रुपमा नलिई रणनीतिक रुपमा लिएकोले नेपालको बिजुली किन्दैन भन्ने तर्क युक्तिसंगत नभएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ई। कुलमान घिसिङले गत वर्ष मात्रै पनि प्राधिकरणले भारतलाई ६ महिनामा ४ सय मेगावाट बिजुली बेचेर ११ अर्ब रुपियाँ कमाएको बताउनुभयो ।

ई.मोहनकृष्ण उप्रेतीले लेख्नुभएको नेपालको विजुली र जनसरोकारु नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै घिसिङले भन्नुभयो-नेपालको बिजुली भारतले किन्न बाध्य हुन्छ भन्नेमा म चाहिं ढुक्क छु । किन्दैनन् किन्दैनन् भनिरहेकै बेलामा पनि हामीले ४ सय मेगावाट बिजुली भारतलाई बेच्यौं त । हाम्रै प्रशारण लाइनको सीमा र बाध्यताले गर्दा हामीले त्यति मात्रै बेच्न सक्यौं, नत्र त अझै धेरै बेच्न सक्थ्यौं ।

हामीले भारतलाई बिजुली बेचेर कमाएको पैसा भनेको नेपालीको लगानीमा डलर कमाएका हौं । त्यतिमात्रै होइन, भारतले नेपालको विजुलीलाई व्यापार नभई रणनीतिक हतियार मात्रै बनाएको मान्ने हो भने पनि भारतलाई नेपालको बिजुली खरिद नगरी सुखै नहुने अवस्था आउने दावी गर्दै उहाँले भन्नुभयो (नेपालको बिजुली अर्थात हरित उर्जा भारतले नकिनेर यति हजार मेगावाट खेर गइरहेको छ र भारतमा चाहिं ७५ प्रतिशत बिजुली कोइलाबाट बालिरहेको छ, बंगलादेशमा शत प्रतिशत बिजुली कोइलाबाट बालिरहेको छ भन्ने समाचार गयो भने त्यो अन्तर्राष्ट्रिय समाचार बन्छ कि बन्दैन रु अन्तर्राष्ट्रिय दबाब बढ्छ कि बढ्दैनरु अहिले कोप-२७ ले बंगलादेशलाई युरोपले हरित गृह ग्यास उत्सर्जन घटाउने लक्ष्य पूरा नगरे उनीहरुको गार्मेन्टबाट लत्ताकपडा नकिन्ने भनेर दबाब दिएको छ ।

त्यही भएर बंगलादेशले सन् २०४० सम्ममा नेपालबाट ९ हजार मेगावाट बिजुली किन्छौं भनेर आफ्नो राष्ट्रिय नीतिमा उल्लेख गरेको छ । यहि कुरा भारतले पनि महशुस गरिरहेको छ । भारतलाई बिजुलीको एकदमै खाँचो छ तर नेपालबाट किन्दैन भने नेपाल र भारतबीच रहेको जनस्तर सम्बन्धको दबाब कस्तो होला रु राजनीतिक सम्बन्ध के होलारु त्यसैले भारत नेपालको बिजुली किन्न बाध्य हुन्छ भन्नेमा म विस्वस्त छु ।

सोही कार्यक्रममा यसअघि पूर्व जलस्रोत मन्त्री ई. दिपक ज्ञावलीले भारतको बजारमा बिजुली बेच्न सहज नहुने धारणा राख्दै भन्नुभयो भारतमा बिजुलीको माग प्रसस्त छ तर बजार छैन । माग हुँदैमा बजार हुनुपर्छ भन्ने हुन्न । भारतले बिजुली र पानीलाई रणनीतिक स्रोत भनेको छ ।

त्यसैले पनि भारतमा बिजुलीको व्यापार त्यति सहज छैन ।पूर्व जलस्रोत सचिव द्वारिकानाथ ढुंगेलले पनि भारतकै मात्र बजार हेरेर विद्युत व्यापारमा हौसिनु नहुने धारणा राख्दै प्रश्न गर्नुभयो-हामी व्यापार व्यापार भनिरहेका छौं तर कसका लागिरु भारतको विकास कहाँ पुगिसक्यो, नेपालको बिजुली प्रयोग गरेर विकास गर्छु भनेर बस्छ ? सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन)र विद्युत साहित्यक समाजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लोकार्पण गरको पुस्तक नेपालको बिजुली र जनसरोकारमा विद्युतका स्रोत, नीति, माग र आपूर्ति, विद्युत विकासका चुनौती र उपलब्धी, व्यवस्थापकीय संरचना, विकास र जनसरोकार र विद्युत व्यापारका कुराहरु समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *