काठमाडौं । काठमाडौं उपत्यकामा अधिकांश बलात्कारका घटना होटलमा हुने गरेको भेटिएको छ । पछिल्लो तीन महिना (मंसिर, पुस र माघ)मा भएका घटना विश्लेषण गर्दा अधिकांश बलात्कार होटलमा भएको भेटिएका हुन् धादिङ घर भएर काठमाडौंको नागार्जुन बस्ने सुरज अधिकारी फागुन ९ मा पक्राउ परे । ३४ वर्षीय सुरजले १७ वर्षीय किशोरीलाई होटलमा लगोर बलात्कार गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भुका अनुसार काठमाडौं महानगरपालिका–१५ स्थित कारखाना चोकको एक होटलमा ती किशोरीलाई लगेर सुरजले बलात्कार गरेका हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक अनुसार २०७९ मंसिर, पुस र माघमा उपत्यकाका ३ जिल्लामा ६१ वटा बलात्कारका घटना भएका छन् । तीमध्ये होटलको कोठामा ३१ वटा बलात्कारका घटना भएका छन् । यस्तै डेरा कोठामा बलात्कारका १७ वटा घटना भएका छन् । घर कोठामा ११ जना बलात्कृत भएका छन् । काठमाडौं उपत्यकामा मन्दिर र टहरामा पनि बलात्कार हुने गरेको भेटिएको छ ।
उपत्यकामा भएका अधिकांश बलात्कार होटेलमा
