केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको हत्या

उत्तर प्रदेश । उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् । हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको सङ्गत गर्न आमाबाबुले नदिएको झोकमा उनीहरूलाई मारेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । मृतक दम्पतीकी चार छोरीमध्ये जेठी उनले १५ दिन अघि आमाबाबुलाई मारेको…

Read More

सिन्धुलीमा करेन्ट लागेर एक जनाकाे मृत्यु

सिन्धुली । सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बाबु छोरा खेतमा काम गरेर…

Read More

जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा पक्राउ

काठमाडौँ । प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा देवराज गौतमलाई पक्राउ गरेको छ । गौतमले तिब्बतियनलाई नागरिकता दिन सहयोग गरेको आरोप छ । नासु गौतमलाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी निरजञ्जनदत्त भट्टले रातोपाटीलाई बताए । तिब्बतियनलाई नागरिकता दिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ९ मा ५ जनालाई पक्राउ गरेको…

Read More

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन ओलीले दिए चार सूत्र, नत्र विरोध !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन चार सूत्र अपनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चार सूत्रका आधारमा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका हुन् । ‘अन्तर्राष्ट्रिय रूपमा विश्व समुदायलाई मान्य हुने एउटा । दोस्रो हाम्रो सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा । तेस्रो दण्डहीनता भयो होइन, दण्डहीनताको…

Read More

नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने दाबी गरेका छन् । बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकार व्यवस्थित रुपमा बाँडफाँट गरेको र यसको ठिक ढंगले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण…

Read More

सरकारको साझा न्यूनतम कार्यक्रम : संकटोन्मुख अर्थतन्त्र जोगाउने के छ उपाय ?

काठमाडौँ । १० दलीय सत्ता गठबन्धनले आफ्नो साझा न्यूनतम कार्यक्रमको मस्यौदा तय गरेको छ । आम निर्वाचनपछि बनेको नेकपा एमालेसहितको ७ दलीय सत्ता गठबन्धन टुटेसँगै नयाँ राजनीतिक समीकरण बनेको हो । योसँगै सरकारको प्राथमिकता तथा साझा न्यूनतम कार्यक्रम समेत फेरिएको छ । नयाँ कार्यक्रममा विशेष गरी १० वर्षे सशस्त्र जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, सत्य निरूपण…

Read More

पशुपतिमा प्लास्टिकजन्य सामग्री नलैजान अनुरोध

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको जनाएको हो । विकास कोषको सूचनामा भनिएको छ, ‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन…

Read More

एकपछि अर्को गर्दै राजावादीलाई भेट्दै पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले एक पछि अर्को गर्दै राजावादीलाई भेट्न थालेका छन् । चैत पहिलो साता राप्रपाका शीर्ष नेताहरुलाई भेटेका पूर्वराजाले त्यसपछि पनि निरन्तर राजावादीहरुलाई भेट्दै आएका छन् । सार्वजनिक रुपमै वर्तमान व्यवस्थाप्रति कटाक्ष गर्दै आएका पूर्वराजाको पछिल्लो सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । पूर्वराजाले मंगलबार रातिमात्रै पनि इटहरीमा राजावादी नेताहरुलाई भेटेका छन् ।…

Read More

एक लाखसम्म रुपैयाँको कारोबारलाई सरलीकृत केवाइसी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई रु एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ । राष्ट्र बैंकले आज भुक्तानी सेवा प्रदायक संस्थालाई परिपत्र गर्दै वार्षिक रू एक लाखसम्मको व्यावसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न भनेको हो । “सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४…

Read More

साथीले चलाएको बन्दुक पड्किदा एकको मृत्यु

ताप्लेजुङ । शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार शिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु…

Read More