बालबालिकालाई लिटो वितरण

मधुवन नगरपालिकाका सबै बालबालिकालाई पोषणयुक्त खाना ‘लिटो’ वितरण गरिएको छ । कोरोना सङ्क्रमणका कारण बालबालिकाका शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असर परेको छ । बालबालिकामा अन्य स्वास्थ्य समस्या नआओस् भन्ने उद्देश्यले लिटो वितरण गरिएको हो । मधुवन नगरपालिका क्षेत्रमा रहेका ६ देखि २३ महिना सम्मका एक हजार ८०० बालबालिकाको पोषण सुधारका लागि पोषणयुक्त खाना तथा अन्य…

Read More

थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु

मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक र म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जनाको मृत्यु भएको हो । नोवेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारीकी ६६ वर्षीया महिला, झापा विर्तामोडका ७५ वर्षीय…

Read More

तिलोत्तमामा धानको समर्थन मूल्य कार्यान्वयनमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारी संस्थाहरुले सङ्घीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएका हुन् । सङ्घीय सरकारले गत जेठमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपनि त्यसको कार्यान्वयन हुन सकेको…

Read More

तिहारमा भारतबाट फूल नल्याइने

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ । तिहारमा…

Read More

कपिलवस्तुमा युरिया मल अभाव

मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन् । धानमा समेत छर्न नपाएको मल धान काटेर गहुँ छर्ने बेलामा समेत नपाइएपछि यहाँका किसान थप चिन्तित बनेका हुन् । राजपुरका किसान धुव्र यादवले मल नपाएर गंहँु छर्न ढिलाइ भएको बताउनुभयो । उहाँले…

Read More

जखेरातालमा चहलपहल बढ्दै

लामो समयदेखि सुनसान लमही नगरपालिका –३ स्थित पर्यटकीय क्षेत्र जखेरातालमा चहलपहल बढेको छ । बन्दाबन्दी र निषेधाज्ञापछि बडादशैंँमा घरमा आएका आन्तरिक पर्यटक बढेका छन् । सो ताल दाङ, लमही बजारबाट ६ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करीब दुई किलोमिटर पर पर्छ । पूर्वपश्चिम राजमार्गबाट नजीकै रहेको तालको अवलोकन र घुमघाम गर्नेको संख्या अहिले…

Read More

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार…

Read More

दुर्घटनामा सहचालकको मृत्यु

सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा…

Read More

घोराहीका ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी एक ७० वर्षीय कोरोना सङ्क्रमित पुरुषको शनिवार बिहान उपचारका क्रममा बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको छ। कात्तिक १२ गते स्वाब परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो। बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ११ गते आइसियुमा भर्ना गरिएको…

Read More

कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर

चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको…

Read More