नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आराेपमा उनीविरुद्ध राैतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । साहको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध…

Read More

ठगी गर्ने नासु पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक…

Read More

बच्चा जन्मदर्ता मावलीका थरबाट गर्न सकिने

काठमाडौ‍ं ।एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो । त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले राससलाई…

Read More

सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीकाे मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एकजना सुरक्षाकर्मीकाे मृत्यु भएको छ । काठमाडौ नागार्जुन बस्ने ४३ वर्षका सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक तीर्थ ढु‌ंगेलकाे निधन भएको प्रहरीले जनाएको हो । आफैँ सडकमा लडी अचेत अवस्थामा स्थानीयले देखेर उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याइएकाे थियाे ।…

Read More

छिन्नमस्ता बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधी

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ अन्तर्गत फुटबल खेलको उपाधी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले जित्न सफल भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन गर्नुको साथै उत्कृष्ट खेलाडी तथा बिजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार समेत प्रदान गर्नुभयो…

Read More

प्रधानमन्त्री प्रचण्डको ‘मिति’ को प्रतीक्षामा भारत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो औपचारिक भ्रमणको रूपमा भारत जाने तय पनि हालसम्म भ्रमणको मिति भने तय हुन सकेको छैन । भारतले प्रधानमन्त्री प्रचण्डलाई स्वागतको तयारी थालिसकेको छ । प्रधानमन्त्री प्रचण्डले पनि भारतको भ्रमण चाँडै गर्ने भनेर खबर पठाए पनि मिति भने भनेका छैनन् । अहिले भारत सोही मितिको पर्खाइमा रहेको छ ।…

Read More

राष्ट्रपति र उपराष्ट्रपतिका कारण रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन हुने सम्भावना न्यून

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर राष्ट्रपति निर्वाचनपछि खाली रहेको तनहुँ क्षेत्र नम्बर २ र उपराष्ट्रपति निर्वाचनबाट खाली हुनसक्ने निर्वाचन क्षेत्रमा वैशाख १० गते नै उपनिर्वाचन गर्न समय अभाव हुने भएको हो । यसअघि आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट रिक्त…

Read More

आगामी दसैँको बिदा कात्तिक ४ देखि ९ गतेसम्म, तिहारमा ५ दिन बिदा

काठमाडौँ । आगामी २०८० सालको दसैँ बिदा ६ दिन हुने भएको छ । यस्तै तिहार बिदा ५ दिन हुने छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक बिदाको सूचीअनुसार दसैँ बिदा आगामी कात्तिक ४ गते शनिबारदेखि कात्तिक ९ गते बिहीबारसम्म हुनेछ । अर्थात फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा हुने गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख…

Read More

आजदेखि दूधको नयाँ मूल्य लागु, लिटरमै १६ रुपैयाँसम्म बढ्यो

आजदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ। संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको हो। डीडीसीका महाप्रबन्धक सञ्जीव झाले आजदेखि बजारमा नयाँ मूल्यअंकित प्याकेट दूध बजारमा पठाइएको जानकारी दिए।महाप्रवन्धक झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिए । दूधको मूल्य…

Read More

दूधको मूल्य लिटरमा ११ रुपैयाँ बढाउने डीडीसीको निर्णय

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागु हुनेगरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय गरेको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफलपछि सो निर्णय भएको दुग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । यसअघि सरकारले किसानका लागि दूधको मूल्य निर्धारण गरेको र संस्थाकै आन्तरिक लागत समेत बढ्ने भएकाले दूधको…

Read More